FAQs Complain Problems

Flash News

१५ शैयाको अस्पताल शिलान्यास सम्पन्नः

“प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आवकस्मिक स्वास्थ्य सेवावाट बञ्चित गरिनेछैन । प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ ।“ यो ब्यबस्था प्रत्येक नेपाली नागरिकहरुको लागि नेपालको संविधान (२०७२) को भाग ३ धारा ३५ ले स्वास्थ्य सम्बन्धी मौलिक हकको रुपमा गरेको व्यवस्था गरेको हो । यो हकको प्रचलनको लागि संघीय सरकारले आवश्यक कानुनी तथा अन्य प्रबन्ध पनि गरिसकेको अवस्था छ । गुणस्तरीय आधारभुत स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच सुनिश्चित गर्न चालु आर्थिक बर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा ५ देखी १५ शैया सम्मको आधारभुत अस्पताल स्थापना गर्ने नीति अनुरुप चालु आर्थिक बर्षमा ३९६ स्थानीय तहमा अस्पताल भवन निर्माण प्रारम्भ गर्ने गरी आंशिक बजेट र कार्यक्रम प्राप्त भएको छ । यसै सन्दर्भमा मिति २०७७/०८/१५ गतेका दिन एक कार्यक्रममा विच गाउँपालिकाका अध्यक्ष श्री दुर्गा बहादुर रानाले रकुवा प्राथमिक स्वास्थ्य केन्द्र, बौदीकाली २ मा १५ शैयाको अस्पतालको शिलान्यास गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता २ नं. वडा अध्यक्ष श्री वालप्रसाद ठाडाले गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रमुखहरु, जनप्रतिनिधिहरु तथा स्वास्थ्यकर्मीहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: