बौदीकाली गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा CC क्यामरा प्रयोगमा आएको छ साथै यस गाउँपालिका भित्रका २० वटा कार्यालयहरुमा ई-हाजिरी मेसिन जडान भैसकेको छ । यस अन्तर्गत गाउँपालिकाको कार्यालयमा १ वटा, वडाहरुमा ६ वटा, माध्यमिक तथा आधारभूत विद्यालयमा ७ वटा, स्वास्थ्य चौकी तथा आयुर्वेद औषधालयमा ६ वटा जडान भएको छ । भाद्र १ गते देखि सबै कार्यालयहरुमा अनिवार्य रुपमा लागु गरिनेछ ।
बौदीकाली गाउँपालिकाबाट मिति २०७५/०४/०२ र १३ गते प्रकाशित गरिएको कर्मचारी आवश्यकता सम्बन्धी विज्ञापनका लागि परीक्षाको किसिम, मिति, समय र स्थान सम्बन्धमा यो सूचना जारी गरिंदै छ।